२० वर्ष पछि टोयोटा बुमन्स र्‍याली

टोयोटा विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको आयोजनामा शनिबार सम्पन्न र्‍यालीमा ५५ सहभागी थिए।

सन् २००४ बाट र्‍याली सुरु गरेको टोयोटाको वुमन्स र्‍यालीमा त्यतिबेला महिला चालकहरू कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ।

चाबहिलबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको र्‍याली आयोजना गरिएको थियो।

यसको रुट क्रमशः कार्यालयबाट नारायण गोपाल चोक, भाटभटेनी मन्दिर, जमल, न्युरोड, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशला, चाबहिल चोक, जोरपाटी हुँदै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर टुंगिएको थियो।

आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य यो बुमेन्स र्‍यालीले समय, गती र सुरक्षाको पाटोमा उपलब्धी हाँसील गरेको बताउँछिन्।

‘आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस्’ भन्ने सांकेतिक सन्देशसहित सुरु गरेको यो र्‍याली फलदायी भएको अनुभव उनले गरेकी छन्।

उनी भन्छिन्, ‘किनभने  हामीले ५० जनालाई मात्रै गर्ने भनेकोमा धेरै उत्सुकता भएर सहभागी जनाउन खोजेकाले ५५ जना पुगे।

यो प्रतिस्पर्धा छिटो कुदाउने भन्ने होइन। कसले नियम पालना गर्छ ? कसले समय र गति अनि सुरक्षालाई ध्यान दिन्छ ?

यसलाई मूल्यांकन गरिएको हो।’ प्रबन्ध निर्देशक वैद्यका अनुसार यसबाट मनोवृत्ति व्यक्तित्व, आत्मविश्वास पनि जगाउन खोजेका हौं।

यसले महिलाको निर्णय गर्ने क्षमता पनि विकास गर्ने उनको भनाइ छ, यो  र्‍याली प्रदर्शनले आगामी दिनमा निरन्तरता दिन प्रोत्साहन दिएको उनले बताइन्।

 

अन्तर्राष्ट्रिय स्तरमै कार राइडिङमा भाग लिसकेकी जिस्वाँ तुलाधर श्रेष्ठ टोयोटाको यो र्‍यालीमा दोस्रोपटक सहभागी भएकी छन्।

सडकमा सुरक्षितयात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजित टोयोटा बुमन्स र्‍यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छन्। टोयोटा विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको आयोजनामा शनिबार सम्पन्न र्‍यालीमा ५५ सहभागी थिए।

उक्त कार्यक्रम आयोजित स्थलमा विभिन्न खालका करिब २० स्टलहरूमार्र्फत उत्पादन प्रदर्शन गरियो।

२० वर्ष अघि नेपालमा टोयोटाले बुमन्स र्‍याली सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *