एफजेड एफआई भी३ मा १० वर्ष वारेन्टि

 नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा स्कुटरको बिक्री २ लाख नाघेको छ ।

यामाहाले सन् २००८ देखी यो प्रविधीमा आधारित मोटरसाइकल तथा स्कुटर नेपाल ल्याउन थालेको र १५ वर्षको यो अवधीमा २ लाख भन्दा बढी यस्ता मोटरसाइकल तथा स्कुटर बिक्री भएको आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले बताएको छ ।

मोटरसाइकल तथा स्कुटरमा फ्युल इन्जेक्सन(एफआई) प्रविधी प्रयोग गर्ने मामलामा यामाहालाई इन्डस्ट्रिकै पायोनियर मानिन्छ ।

आधुनिक प्रबिधीमा आधारित यो इन्जिन जडित मोटरसाइकल र स्कुटरले उच्च माइलेज प्रदान गर्ने कारण नेपालमा यो व्राण्डको एफआई मोडल सफल वनेको हो ।

साथै यो इन्जिन निकै नै पावरफुल हुने कारण उच्च पर्फमेन्सका लागी समेत उपयुक्त मानिन्छ ।

हाल यामाहाका प्राय सवैजसो मोडल एफआई इन्जिनमा उपलब्ध छन् ।

एफआई इन्जिकै कारण यामाहा नेपाली बजारमा सर्बाधिक विक्री हुने मध्येको एक अग्रणी टु ह्विलर ब्रन्ड वन्न सफल भएको कम्पनी स्रोतको भनाई छ ।

एफआई प्रविधीमा आउन सक्ने समस्यालाई मध्येनजर गर्दै कम्पनीले १०० भन्दा बढी एफआई स्टेशन समेत विस्तार गरिसकेको छ ।

यामाहाका प्राय सवैजसो आधिकारिक सर्भिस सेन्टरमा छुट्टै एफआई स्टेशनको व्यवस्था मिलाइएको छ ।

एफआई मोटरसाइकल उपलब्ध गराउन थालेको १५ वर्ष पार गरेको अवसरमा कम्पनीले आफ्नो लोकप्रिय मोडल एफजेड एफआई भी३ को स्ट्यान्डर्ड र डिलक्स भेरिएन्टमा १० वर्ष वारेन्टि प्रदान गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *