टोयोटा गाडीको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर र्याली २०२४’ वैशाख ८ गते आयोजना गर्दैछ ।
उक्त र्यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।
२० वर्ष अघिदेखि शुरू भएको र्याली मोटर स्पोर्टस्को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्वपूर्ण कार्यक्रम बन्दै आएको छ ।
र्यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास छ ।
कम्पनीले र्यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ ।
र्यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने छ ।
टोयोटाले र्यालीलाई काठमाडौँको विभिन्न सहरहरु परिक्रमा गर्दै संस्कृतिक सम्पदाको अवलोकन गर्दै गन्तब्यमा पुग्नेछ ।
अन्त्यमा कम्पनीले बिजेताहरुलाई उचित पुरस्कार उपलब्ध गराउनुको साथै ¥याली समापन हुने ठाउमा सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्यले कार्निवल आयोजना गरिनेछ ।