स्काइवेलको आयातकर्ता जी मोटर्स प्रालिले स्काइवेल ईटी ५, फाईभ स्टार सेफ्टी क्रायस टेस्ट प्राप्त, ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।
त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।
स्काइवेल ईटी ५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।
यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने छ।
स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।
ईभी लक्जरी एसयूभी ईटी ५ ले जस्तोसुकै कठिन बाटोको पनि सहज यात्रा गर्न सकिने र पूर्ण यात्राको मज्जा लिन सकिने साथै एक सिङ्ल फुल चार्जमा ६२० किलोमिटरभन्दा ज्यादा यात्रा सहजै गर्न सकिने जी मोटर्स का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए।