देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू

नासा नेपाल बागमती प्रदेश सघ र चितवन अटोमोवाइल डिलर एसोसिएसनको सयुक्त आयोजनामा बुधबारबाट शुरु भएको देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्याली सुरू भएकाे छ ।

भरतपुर म.न.पा. का उपमेयर चित्रसेन अधिकारी र नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनील कुमार बरालले फ्ल्याग अफ गरेर र्यालीको शुभारंभ गर्नुभयो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष लगाएतका पदाधिकारि, नासा नेपालका पदाधिकारिहरु तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएन र बागबती अटोमोबाइल एसोसिएसनका पदाधिकारि समेतको उपस्थिति रहेको थियो ।

र्यालीको उद्वघाटन गर्नुहुदै नगर उप प्रमुख चित्रसेन अधिकारीले भ्रमण बर्ष सफल बनाउन र्याली महत्पूर्ण भएकाे बताउनुभयाे ।

नासा बागमती प्रदेशका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष राजन पियाले टिडिएस र्‍यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागि हुने जानकारी दिए ।

प्रत्येक दुई बर्षमा उक्त र्याली आयोजना गर्दै आइरहेकाे

र विजेतलाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राजन पियाले बताउनुभयाे ।

बैशाख ५ देखि ७ गते सम्म चल्ने उक्तर्याली

टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ ।

बिश्वमै अत्यन्तै शाहसिक र पृथक मानिएको मोटर स्पोर्ट्सको नयाँ विधा Auto Gymkhana र TSD Rally एक दशक देखि नेपालमा अत्यन्तै प्रचलनमा रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *