सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकबर्गहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा नया बर्षमा, “नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी” योजना ल्याएको छ ।
यस बर्ष सुजुकीले ल्याएको “नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी” योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनु हुनेछ, रु १ लाख नगद छुट साथै थप स्क्र्याच कार्ड मार्फत पाउनु हुनेछ ।
नगद छुट रु. १ लाखसम्म क्यास एक्कासी वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु. १५ हजार र स्कुटरमा रु २० हजार प्राप्त गर्न सक्नु हुनेछ वा फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकवर्गहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ ।
बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ ।
सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र बस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्याती प्राप्त छ ।
आजको बदलिदो जीवनशैलीमा विश्वको द्रुत गतिमा चल्ने HAYABUSA देखी लिएर सर्वसाधारणको पहुँचमा पुग्ने जस्ता मोटरसाइकल (Gixxer 250, Gixxer 150, Intruder, Hayate) तथा (Avenis 125, Burgman 125, Access 125)
स्कुटरको उत्पादनमा समेत आफ्नै बर्चश्व रहेको छ ।
यो योजना चैत १४, २०८० देखी जेष्ठ १८, २०८१ सालसम्म लागु हुनेछ ।