धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोकस रेसट्रयाक डर्ट टेम्पलले डिटी ९७७ एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ ।
जनवरीदेखि सुरु भएको सो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो।
यस सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ एक कार्यक्रम गरिएको छ ।
सो अवसरमा एफआईए काउन्सिल मेम्बर गोविन्द भट्टराई र अन्य वक्ताहरुले डिटी ९७७ एमएक्स च्याम्पियनसिप सिरिजका वारेमा जानकारी प्रदान गरे ।
पाँच वटा रेससम्मको यस सिरिजले नेपाली मोटोस्पोर्ट्सलाई उचाईमा पु¥याउन र नेपाली रेसिड प्रतिभाको नयाँ पुस्तालाई प्रबर्दन गर्ने प्रयास गरेको छ ।
यस च्याम्पियन सिरिजको तेस्रो रेस सम्म पुरा भइसकेको छ ।
चौथौं रेस मार्चको २८ र ३० गते हुनेछ भने फाइनल अर्थात पाँचौँ रेस अप्रिलको २५ र २७ गते धुलिखेलमा हुनेछ ।
हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्टले अगाडि रहेका छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंक्तिमा रहेका छन् ।
डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजले रेसरहरूलाई उनीहरूको सीप, प्रतिभा र धैर्य शीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ ।
अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित अप्रिलमा यस च्याम्पियनसिप पुरा हुनेछ ।
यसका लागि निरन्तर प्रतिस्पर्धा र अभ्यास भइरहेको आयोजकले बताएका छन् ।
‘यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो ।’
डर्ट टेम्पलका इजब बरुण भन्छन्, ‘हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिहेका छौं ।’