सेरेस ईभीको नयाँ ‘स्टेट अफ द आर्ट’ शोरुम नक्सालमा

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ ‘स्टेट अफ द आर्ट’ शोरुम सञ्चालनमा ल्याएको छ ।

सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्ल्यू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सी र यी पाङ तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार आयोजित एक समारोहबीच नयाँ शोरुम उद्घाटन गरेका हुन् ।

नयाँ शोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभूत गर्छ ।

उद्घाटन समारोहमा एमएडब्लु वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडिओ पनि देखाएको थियो ।

सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।

नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभूत गर्न यो कदम महत्वपूर्ण छ ।

नयाँ शोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउने कम्पनीको विश्वास छ ।

ग्राहक अनुभवलाई केन्द्रमा राखी डिजाइन गरिएको यो शोरुममा विशाल एलईडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टीम हुनेछ ।

नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पूर्ति गर्न यो शोरुमको महत्वपूर्ण भूमिका हुनेछ ।

ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिने बताएको छ ।

सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ ।

निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि शोरुम खोल्दैछ ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *