इम्बोस्ट नम्बर बेकार

नेपालमा केही वर्ष अघि शुरु भएको इम्बोस्ट नम्बर अहिले आएर बेकार साबित भएको छ ।

राजधानी लगायतका शहरहरुमा यसको फेसन चलेतापनि राज्यले बेलैमा ध्यान नदिदा हाल जनताहरुको करोडौं रकम “बालुवामा पानी हाले झै” भएको छ ।

यातायात कार्यालय, इम्बोस्ट शाखाका कर्मचारीका अनुसार सरकारले जसरी पनि जनतालाई झुक्याएर करोडौं रकम कुम्ल्याएको छ ।

नेपालका निकै सोझा जन्ताहरु पनि जे भने तेहि पत्याउछ्न, अहिले पनि दैनिक १५-२० जना जसो यस्तो नम्बर लिन आउछन्, यदि बेलैमा सम्बन्धित निकायको ध्यान गएन भने भविस्यमा ठुलो समस्या आउँछ ।

अहिले यो नम्बरको कतै काम छैन, यातायात कार्यालयमा कर तिर्दा होस वा ट्राफिक जरिवानामा होस, पुरानै नम्बर नै खोज्छन् ।

हाल जडान भइरहेकै इम्बोस्त नम्बर पनि २-३ बर्षपछि काम नलाग्ने हुन्छ ।

उतिबेला कमिसनको चक्करमा कस्ले यो कामको शुरु गर्यो, अहिले यसको कार्यान्वयन नहुदा राज्यको यत्रो लगानी अहिले अलपत्र परेको बताउछन् ।

नेपाल सरकारले अहिलेसम्म इम्बोस्ट नम्बर चेकजाँच गर्ने कुनै प्रविधिहरु नभित्र्याउदा यी नम्बरहरु प्रयोगमा आउन सकेन भने नाकाहरुमा राख्ने भनेको इम्बोस्ट नम्बर रिडेबल गेटहरु पनि आजसम्म कतै राखिएको छैन ।

चारपाङ्रे सवारी साधनमा करिब ४०,००० वटामा लागेपनी दुईपाङ्रे सवारी साधनमा भने निकै कम प्रयोग भएको पाईन्छ ।

– रोशनकुमार श्रेष्ठ 

प्रकाशन, अटो नेपाल – मासिक पत्रीका

Leave a Reply

Your email address will not be published. Required fields are marked *