सार्वजनिक यातायातमा २० वर्षे नीति अव्यवहारिक

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले कुन स्ट्यान्डरमा गाडी ल्याउने भन्ने विषयमा व्यवसायीको हात नहुने बताए ।

‘यूरो सिक्स लागू गर्ने कुरामा कुनै दुईमत रहेन । तर, सार्वजनिक यातायात २० वर्षे नीति व्यवहारीक छैन, स्ववारले भने ‘अब हामी ईभीमा जाने हो कि हाइड्रोजनमा जाने सरकार यो विषयमा क्लियर हुन जरुरी छ’, उनले भने ।

त्यस्तै कार्यक्रममा यूरो६ को विषयमा सिप्रदि टे«डिङका प्रमुख कार्यकारी अधिकृति राजनबाबु श्रेष्ठले कर्मशियल गाडीहरुमा सबैभन्दा धरै बिएस३ र बिएस६ का धेरै गाडी गुडिरहेको बताए ।

‘यूरोसिक्सको विषयमा आवश्यक इकोसिस्टममा सिप्रदीले टेक्नीसियन, तालिम तथा उपकरणको बिषयमापनि गृहकार्य गरिरहेको छ’, राजनबाबु श्रेष्ठले भने ,‘लोकल टेक्निसियन तर्फपनि सिप्रदिले  सवारीप्रदुषणको नयाँँ मापदण्डको विषयमा तयारी गर्दै आएका छौं’, नाडाबाटपनि बिएस६को तालिम दिँदै आएका उनको भनाई छ ।

अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले २० वर्ष पुराना सर्वजनिक सवारीलाई हटाउने नीति कार्यान्वयन हुनुपर्ने बताए ।

‘अहिले सरकारले सवारी प्रदूषण मापदण्ड यूरो ६ मा जाने तयारी गरिरहेको छ । यसमा व्यवसायीले साथ दिनुपर्छ  ।

सरकारलेपनी नेपाल आउने क्रममा रहेका र अर्डर भएको गाडीलाई समय दिएर नेपालमा नयाँ प्रदूषण मापदण्डमा जानैपर्छ’, उनले भने ।

कार्यक्रममा सरोकारवाला निकाय, वन तथा वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग, सवारी आयातकर्ता व्यवसायी, विज्ञसहित सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *