खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सुमो दुर्घटना भएको छ ।
दिक्तेलबाट हलेसी जाँदै गरेको ना १ ज ६२१९ नम्बरको सुमो कारागारमुनि बाम्राङमा आइतबार साढे ३ बजेतिर दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी–२ का ४० वर्षीय जमानसिंह तामाङ, वडा नं १२ जालपाका ४५ वर्षीय धनबहादुर राई, ५८ वर्षीय चन्द्रबहादुर राई, २८ वर्षीय आशीष राई र सप्तरी राजविराज नगरपालिका–२ क २५ वर्षीया भूमिका झा घाइते भएकी छन् ।
उनीहरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । उनीहरुको अवस्था सामान्य रहेको कार्कीले जनाए ।
गाडी अनियन्त्रित भई सडकभन्दा करिब ५ मिटर तल झरेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीको भनाइ छ ।