चन्द्रागिरि दुर्घटना

काठमाडौंको चन्द्रागिरिमा शनिबार भएको दुर्घटनामा घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको पनि मृत्यु भएको छ। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो।

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५  नम्बरको निजी गाडी हिमचुली सेतो पहरा भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा कारचालक ३८ वर्षीय डा. महेशकुमार गौतम, ६७ वर्षका ओमकारनिधि तिवारी, ६४ वर्षकी कल्पना तिवारी र ४ वर्षका प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो।

थानकोटबाट चित्लाङ जाने क्रममा गाडी दुर्घटनामा परेको हो। चिकित्सक पत्नी सृष्टि तिवारी गौतम दुर्घटनाको समयमा कारबाट झरेकाले उनी भने सकुशल रहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *