-कुन्दन रौनियार, सँचालक
महालक्ष्मी ट्रेडिङ्ग हाउस
भारतीय सीमाक्षेत्रका नेपाली बजारमा भारतबाट चोरीपैठारी गर्ने धन्दावालाले गर्दा नेपाली व्यापारीहरु पिडित हुनुपरेको बताइएको छ ।
विगत करिब ३ दशकदेखि विरगँजमा बेट्री तथा ल्युब्रिकेन्टको व्यापार गरिरहेका महालक्ष्मी ट्रेडिङ्ग हाउसका सँचालक कुन्दन रौनियारका अनुसार प्रहरी, प्रशासन, भन्सार तथा सम्बन्धित अन्य निकायको गैरजिम्मेवारीले गर्दा यस्तो धन्धा फस्टाइरहेको गुनासो गर्नुहुन्छ ।
पटक पटक जिल्ला प्रशासन कार्यालय तथा भन्सार कार्यालय गएर कार्यालय प्रमुखहरुलाई भेटेर ज्ञापन गराउँदा पनि खासै पहल हुन नसकेको उहाँको आरोप छ ।
नेपालमा कर तिरेर, हरेक मापदण्ड पुरा गरेर काम गर्ने व्यवसायीहरुलाई यस्तो खालको गैरकानुनी धन्दावालाको कारणले समस्या परिरहेको उहाँको भनाई छ ।
विभिन्न खाद्यान्न, लत्ताकपडा लगायत मोटरपार्टस् तथा ल्युब्रिकेन्टको समेत त्यसरी गैरकानुनी पैठारी हुँदा सम्बन्धित निकाय मुकदर्शक भएर बस्नु नमिल्ने उहाँको तर्क छ ।
विशेषगरी कमसल गुणस्तरका पार्टस् तथा ल्युब्रिकेन्टस चोरीपैठारी हुँदा स्वयँ ग्राहकहरुलाई पनि घाटा भइरहेको तर्फ ग्राहकहरु पनि सचेत हुनुपर्ने उहाँको राय छ ।
बर्षौ चल्नुपर्ने सवारीसाधनहरु कमसल खालको ल्युब्रिकेन्टस तथा पार्टस्का कारण चाँडै बिग्रने, सुरक्षित नहुने जस्ता समस्या आइपर्ने उहाँको तर्क छ ।
कतिपय अवस्थामा स्वयँ ग्राहकहरु पनि भारतीय बजार नै जान खोज्नु पनि आफैमा ठिक नभएको बताउँदै व्यवसायी रौनियार भन्नुहुन्छ,– ‘भारतीय बजारमा जाँदैमा सबै सामान सस्तो भन्ने हुँदैन । कतिपय सामानहरु नेपालमा भन्दा पनि भारतीय बजारमा महँगो पर्न जान्छ ।’
Post Views: 313