काठमाडौं उपत्यकाका सडकहरुमा एकदम नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ गुड्न थालेको पनि एक महिना पूरा भईसकेको छ ।
उक्त विद्युतीय गाडी काठमाडौँको सडकमा फरक देखिने र वातावरणलाई पनि एकदम सुहाउने सार्वजनिक यातायात बनेको छ ।
यात्रुहरुको रोजाईमा परेको यो सार्वजनिक यातायात अब झन्अत्याधुनिक प्रविधि जडित भएर सुरक्षित बनेको जानकारी प्राप्त भएको छ ।
टाटा मोटर्सको यस प्रिमियम विद्युतीय ट्याक्सीमा सिप्रदीले लोकोन्यावको जिपिस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ ।
एक्सप्रेस-टिका प्रिमियम विद्युतीय ट्याक्सी धनिहरुले अब आफ्नो मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ-कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्नु हुन्छ ।
विद्युतीय ट्याक्सीको फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न पाउनुहुनेछ ।
जिपिस जडित गाडी ग्राहकहरुको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरुले पनि एक्सप्रेस-टी विद्युतीय ट्याक्सीलाई निकै रुचाउनुभएको छ ।
आगामी समयमा यस जिपिस प्रविधिले सबै विद्युतीय सवारी साधनहरुलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्याउनेछ ।
टाटा मोटर्सको ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालकहरुले मन पराएका छन् ।
नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो ।