बजेट मार्फत ईभीमा ब्रेक लगायो

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले कर वृद्धि गरे ।

सरकारले विद्युतीय कारमा अनुदान दिन नसकेपनि पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा सस्तो थियो ।

जसका कारण नेपालमा पनि छिटो ईभी सवारी साधनको माग बढ्दैं थियो ।

१०० किलोवाटसम्मका विद्युतीय कारमा १० प्रतिशत हाराहारी कर बढ्न सक्ने आँकलन पहिल्यै थियो ।

तर, अर्थमन्त्रीले २० प्रतिशत हाराहारी कर वृद्धि गरे । उनले भन्सारमा ५ प्रतिशत र अन्तःशुल्क १० प्रतिशत कर बढाउँदा त्यसको वृद्धि करिब २० प्रतिशत बन्यो ।

एकै पटक २० प्रतिशत कर बढाउनु ईभी प्रयोगमा ब्रेक लगाएको छ ।

सानो मोटरमा कर बढाएको सरकारले १०० किलोवाट माथि २०० किलोवाटसम्मको मोटर जडान भएका विद्युतीय कारमा कर घटाउने निणर्य गर्नु उचित देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *