इनिग्मा GT 450 PRO

भारतमा निर्मित विद्युतीय स्कुटर इनिग्मा सोमबार देखि नेपालमा राइजिङ्ग टेडिङ्ग कम्पनी प्रालिले बजारमा ल्याएको उक्त ब्राण्डका स्कुटरहरुको काठमाण्डौंको नागपोखरीबाट बिक्रि – वितरण शुरु गरेको छ ।

GT 450 PRO

यसको रेटेड पावर १५०० वाट र पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुद्छ ।

२३० किलो लोडिङ क्यापासिटी रहेको क्रिक भीआईमा २.२४ किलोवाट आवरको व्याट्री दिइएको छ ।

ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

यसको बुट स्पेस १५ लिटरको छ,  जीटी ४५० प्रो चार कलर भेरियन्टमा उपलब्ध छ ।

कम्पनीले सबै मोडलका व्याट्रीमा ३ वर्षको वारेन्टी दिएको छ । अगाडि, पछाडि दुवैतिर डिस्क ब्रेक रहेको स्कुटरमा अगाडी हाइड्रोलिक सस्पेन्सन र पछाडि डुअल सकर छ ।

यसको बत्तीहरु एलईडी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *