आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा राजमार्ग र रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसका लागि २ अर्ब ८ करोड विनियोजन गरिएको छ ।
त्यस्तै ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुने सरकारले दाबी गरेको छ ।