आइओसीलाई साढे १६ अर्ब भुक्तानी 

चालू आर्थिक वर्ष २०७९/८० को साउनमा २३ करोड नोक्सानीमा रहेको निगमले अहिले आइओसीको बक्यौता ६.४० अर्ब रुपैयाँमा झारेको छ भने सरकारको सात अर्ब रुपैयाँ ऋणलाई ६ अर्ब ३० करोड रुपैयाँमा झारेको छ ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले बक्यौता र ऋण भुक्तानीका लागि ठूलो दरमा नाफा राख्नुपरेको बताए ।

२०७८ को मंसिरदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लाग्दा सोही दरमा मूल्य समायोजन गर्न नपाई निगम नोक्सानीमा गएको थियो ।

आव २०७८/७९ मा निगम ४९ अर्ब रुपैयाँ नोक्सानीमा थियो । त्यसपछि मूल्यस्थिरीकरण कोषको २० अर्ब, कर्मचारी कल्याणकारी कोषको तीन अर्ब, बोनसबापत छुट्याएको तीन अर्ब ४९ करोड रुपैयाँ र पेट्रोलपम्प व्यवसायीको धरौटीबापतको जम्मा गरेको पनि चलाइसकेको निगमले जनाएको छ ।

चालू आवमा निरन्तर नाफा गरेर राष्ट्रिय वाणिज्य बैंकबाट लिएको तीन अर्ब रुपैयाँको साँवा–ब्याज, सरकारी ऋणको किस्ता ७० करोड र आइओसीको बक्यौताबापतको साढे १६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *