साइकल कल्चर मुभमेण्ट नेपाल तथा धुलिखेल नगरपालिका समेतको साझेदारीमा काठमाडौंस्थित “टुँडिखेल टु धुलिखेल साइकल र्याली” सम्पन्न भएको छ ।
दोस्रो सडक सुरक्षा सप्ताह अन्तर्गत २०८० जेठ ६ गते बिहान नेपाल पर्यटन बोर्डको परिसर टुडिखेलबाट सुरु भएको साइकल र्याली दिउसो धुलिखेल बजार परिक्रमा गर्दै नगरपालिका पुगेको हो ।
साइकल लेन निर्माण, ऐन कानुनको परिमार्जन, आवश्यक बजेट बिनियोजन तथा साइक्लिस्ट सुरक्षा जस्ता बिषयको उठान गर्ने हेतुले आयोजित साइकल र्याली लाई डा. तारालाल श्रेष्ठ, इ. सुयोग खनाल , नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले सुभारम्भ गर्नुभएको थियो । र्यालीमा लगभग ३०० साइक्लिस्टहरुको सहभागिता रहेको थियो ।
ग्लोबल एलाएन्स फर रोड सेफ्टी एनजिओ र अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेशनको साथै अन्तर्राष्ट्रिय मोटर साइक्लिङको समेत राष्ट्रिय संघ हो नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) जसले बिगत १५ बर्ष देखि नेपालमा मोटर, मोटर साइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र सडक सुरक्षाको क्षेत्रमा क्रियाशील रहेको छ ।