पोखरामा ‘दिगो र सुरक्षित यातायातका लागि मिडियाको भूमिका’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

संयुक्त राष्ट्र संघको  सातौँ  सडक सुरक्षा सप्ताह (मे १५-२१) को सन्दर्भमा पोखरामा एक भव्य कार्यक्रम सम्पन्न भयो ।

सञ्चारिका समूह गण्डकी प्रदेशले नासा फाउण्डेसनको सहकार्यमा सम्पन्न  ‘Media Role for Rethink Mobility & Cycle Safety and Sustainability   शिर्षकमा  अन्तरक्रियामा सरकारी तथा नागरिक तहबाट गर्नुपर्ने कार्यको बारेमा बृहत छलफल गरियो ।

ग्लोबल NGO Alliance for Road Safety तथा नासा नेपालको सहयोगमा सम्पन्न सो कार्यक्रममा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता टिकाराम पौडेल, पोखरा महानगर पालिकाका प्रवक्ता मोतिलाल तिम्सिना, नासा फाउन्डेसनकी वोर्ड मेम्बर कमला आचार्य लगायतले आ–आफ्नो कार्यपत्र पेश गर्नुभएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका, सञ्चारिका समूह, पत्रकार महासंघ तथा मानव अधिकारवादीहरुले समेत दिगो र सुरक्षित यातायातका लागि मिडियाको भूमिका तथा सार्वजनिक यातायातको प्रबर्द्धनको बारेमा चर्चा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *