नाटु वाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न

नेपाल अटो-मेकानिक्स ट्रेड युनियन (NATU) वाग्मती प्रदेश कमिटीको प्रथम अधिवेशन नारायण पुरीको सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी जितेन्द्र श्रेष्ठ, केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे, संस्थापक अध्यक्ष बलराम खत्री, पुर्व अध्यक्ष कमला तामाङ्ग, अटो नेपालका प्रकाशक रोशनकुमार श्रेष्ठ, नाटुका प्रमुख सल्लाहकार माधव पाण्डे लगायत विभिन्न कम्पनीहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष बलराम खत्रीले पुरानो दिनहरु सम्झदै, निकै दु:ख गरेर आजको यो दिनसम्म पु¥याएको र आगामी नेतृत्वले अझै यस संस्थालाई उचाईमा पु¥याउन सक्ने भन्दै प्रविधि र सिपको प्रयोग गरी अटो क्षेत्रको अझैं विकास गर्नुपर्ने बताउनुभयो ।

नाटुका प्रमुख सल्लाहकार माधव पाण्डेले अब हामी चुप लागेर सधै यसरी नचल्ने र प्रविधि अनुसार आफ्नो व्यवसाय परिमार्जन गर्न सबैलाई अनुरोध गर्दै, सफल नेतृत्व चयनमा सबैले साथ-सहयोग गर्नुपर्ने बताए ।

अटो नेपालका प्रकाशक रोशनकुमार श्रेष्ठले नाटुले अझै धेरै मेकानिक्सहरुलाई समेटन नसकेको भन्दै आगामी दिनहरुमा नयाँ कार्यसमितिले थप सदस्यहरु बढाउने र नाटु गाउँ – गाउँसम्म पुग्न नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्य अतिथीहरुले आ-आफनो विचार राखेका थिए ।

सभापति नारायण पुरी, प्रमुख अतिथी तथा अतिथद्धारा यस कार्य क्षेत्रमा लागिरहनु भएका महिला मेकानिक्सहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने तथा यस क्षेत्रमा योगदान गर्ने जेष्ठ मेकानिक्सहरु, बाईक मेकानिक्सहरुलाई समेत सम्मान गरिएको थियो ।

यस कार्यक्रम सफल पार्न जिल्लाभरबाट प्रतिनिधी गर्दै विभिन्न कमिटिका पदाधिकारीहरु, अटो मेकानिक्सहरु आएको साथैं कमिटिका पदाधिकारीहरुको निकैं ठुलो सहयोग भएको आयोजकले बताएका छन् ।

उक्त कार्यक्रममा विभिन्न कम्पनीहरुले सहयोग गरेका थिए, कम्पनीहरुले आफ्नो स्पेयर पार्ट्स तथा लुब्रिकेन्टसको स्टलहरु समेत राखी आगन्तुकहरुलाई जानकारी दिइएको थियो ।

कार्यक्रमका सभापति नारायण पुरीले सम्पूर्ण अतिथीहरु र प्रायोजक कम्पनीहरुलाई उपहार तथा मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दैं केन्द्रिय अध्यक्ष प्रदिप घिमिरेले सबै मिलेर यस संस्थालाई अझै उचाईमा पु¥याउन सबैले योगदान गर्नुपर्ने र सरकारसंग मिलेर सामाजिक सुरक्षा कार्यक्रमसंग जोडेर गएमा आगामी दिनमा आउने समस्या समाधान गर्न सहयोग पुग्ने बताए ।

यस कार्यक्रमको संचालन वाग्मती प्रदेश सचिव रोशन शाहीले गरेको थियो ।

उक्त प्रथम अधिवेशनबाट वाग्मती प्रदेश कमिटीको नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष –  महेन्द्रराज गिरी, उपाध्यक्ष- रोशन दोर्जे लामा,  सचिव- विष्णुप्रसाद लम्साल, सह सचिव –  दिवश अधिकारी, सचिवालय सदस्य – अमन के.शी., कोषाध्यक्ष –  वावुराजा श्रेष्ठ, सदस्य –  हरिशरण महतो,  सदस्य –  प्रदिप श्रेष्ठ, सदस्य – युगल किशोर प्रसाद, सदस्य –  दिपक अर्याल, सदस्य – हेमन्त सुसलिङ्ग हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *