Skip to content
नेपालमा होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बजारमा उपलब्ध होन्डा मोटरसाइकल र स्कुटरको मूल्यमा ४ हजार रुपैयाँसम्म वृद्धि भएको छ ।
यस अनुसार सबैभन्दा बढी होन्डाको सीबी साइन र साइन एसपीको मूल्यमा ४ हजार रुपैयाँ बढेको छ ।
त्यसैगरी एक्स–ब्लेड स्ट्यान्डर्डमा ३ हजार र ग्राजिया डिलक्स स्कुटरमा २ हजार रुपैयाँ मूल्य बढेको छ ।
सीबी हर्नेट मोटरसाइकल र डियो तथा एक्टिभा स्कुटरमा १ हजार रुपैयाँ मूल्य बढेको छ ।
अन्य मोडलको मूल्य भने यथावत रहेको छ । सो मूल्य डिसेम्बर २५ अर्थात पुस १० देखि लागू हुने गरी वृद्धि गरेको हो ।
Post Views: 62