नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल ब्यवसायको बर्तमान परिस्थिति र भबिष्यको संभावना आदि बिषयमा केन्द्रित रहेर शुक्रबार र शनिबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पुर्ब अध्यक्षहरु समेतको उपस्थितिमा चितवनमा भब्य रुपमा सम्पन्न भएको छ ।
सोही दिन बसेको नाडाको १३औँ कार्य समितिको बैठकले नाडाको आउदो ४६औँ वार्षिक साधारण सभा २०७९ साल माघ २७ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
सोही क्रममा नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापति सुनिल रिजालले व्यवसायीहरुले गर्र्ने भनिएको दोश्रो चरणको आन्दोलनको ढाँचा बारे जानकारी दिएका थिए ।
सो कार्यक्रमको धन्यबाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए ।