बुवाछोराले बनाए तीन विश्व कीर्तिमान, ११ वर्षीय विलियमको ड्रिफ्ट कार स्टन्टले पनि पायो गिनिजमा स्थान

काठमाडाैं। स्टेयरका अनुसार उनले यसपटक आफ्नो दुईवटा फरक सीपलाई एउटै प्रदर्शनमा जोड्ने योजना बनाएका थिए। यसअघि उनले साँघुरो ठाउँमा पार्किङ गर्ने र कारलाई दुई पाङ्ग्रामा चलाउने छुट्टाछुट्टै कीर्तिमान बनाइसकेका थिए। ती दुवै क्षमतालाई एकैपटक प्रयोग गर्दा नयाँ र अझ आकर्षक स्टन्ट प्रस्तुत गर्न सकिने उनको सोच थियो।

लन्डनको चर्चित द ओटु परिसरअगाडि गरिएको उक्त प्रदर्शनले दर्शकलाई समेत रोमाञ्चित बनाएको थियो।

११ वर्षीय विलियमको ड्रिफ्ट कार्टमा कीर्तिमान

बुवाले दुई पाङ्ग्रामा कार चलाएर पार्किङ गर्ने चुनौती पूरा गरिरहँदा ११ वर्षीय विलियम पनि आफ्नै विश्व कीर्तिमान बनाउने तयारीमा थिए। उनले ड्रिफ्ट कार्ट प्रयोग गरेर लगातार गोलाकार घुम्ने चुनौती पूरा गरेका हुन्।

विलियमले ड्रिफ्ट कार्टलाई लगातार १० पटक गोलाकार घुमाउँदै जम्मा १७.१४ सेकेन्डमै निर्धारित स्टन्ट पूरा गरे। यो उपलब्धिसँगै उनले ड्रिफ्ट कार्टमा लगातार १० वटा डोनट अर्थात् गोलाकार घुमाइ सबैभन्दा छिटो समयमा पूरा गर्ने विश्व कीर्तिमान कायम गरे।

बुवाछोराको संयुक्त प्रदर्शनमा दुई पाङ्ग्रामा कार पार्किङ, ड्रिफ्ट कार्टमा तीव्र गोलाकार घुमाइ र समन्वयात्मक पार्किङ स्टन्ट समावेश थिए। यसरी गिनिज वर्ल्ड रेकर्ड्स डेमा उनीहरूले तीनवटा नयाँ कीर्तिमान थप्न सफल भए।

कीर्तिमान प्रदर्शनपछि एलस्टेयरले स्टन्टका क्रममा प्रयोग गरेको मिनी कुपर कार दान गरेका छन्। उक्त कारकै सहायताले उनले यसअघि कायम गरेका चारवटा विश्व कीर्तिमानसमेत तोडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *