वीरगन्जमा नेक्सन ईभी म्याक्स सार्वजनिक

टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्सको वीरगन्जमा पनि सार्वजनिक गरेको छ।

टाटाको नेक्सन ईभी म्याक्समा ४० किलोवाटको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा पहिलेको भन्दा शक्तिशाली क्षमताको ३.३ किलोवाटदेखि ७.२ किलोवाट एसी चार्जर विकल्प पनि उपलब्ध छ।

जसमा ३.३ किलोवाट एसी चार्जरले ब्याट्री चार्ज गर्न लगभग १५–१६ घण्टा लाग्छ भने ७.२ किलोवाट क्षमताको एसी चार्जरले ब्याट्री चार्ज गर्न ५–६ घन्टा लाग्छ ।

तर ५० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङको अप्सन पनि यसमा छ जसले एक घन्टामै ब्याट्री फुल चार्ज हुनेछ ।

टाटाको नेक्सन ईभी म्याक्समा भएको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको रेन्ज प्रदान गरिएको छ ।

यो गाडी नेपाल धेरै बिक्री भएको नेक्सन ईभीको लङ रेन्ज ईभी हो, सिप्रदीले यसलाई १०० किलोवाट मोटर पावरमा नेपाली बजारमा भित्र्याएको छ ।

यसको टप भेरिएन्टको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ ।

अब यो गाडी बुकिङ तथा खरिद वीरगन्जमा रहको टाटाको आधिकारिक शोरुमबाटै गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *