यामाहा रे जेडआर जाममा आफै इन्जिन अफ हुने प्रविधि सहित

दुईपाँग्रे सवारीसाधनमा विश्वविख्यात ब्राण्ड यामाहाको नेपालको आधिकारिक डिलर एमएडब्लु इन्टरप्राइजेजले शुक्रबार नयाँ स्कुटर यामाहा रे जेडआर १२५ हाइब्रिड मोडेल लञ्च गरेको हो ।

शिवपुरी राष्ट्रिय निकुञ्जको नजिकै बुढानिलकण्ठको डाँडाँगाउँमा अवस्थित ग्रिन भ्याली रिसोर्टमा एक कार्यक्रमका बीच उक्त स्कुटरको भव्य रुपमा लञ्च गरियो ।

रे जेडआर १२५ हाइब्रिडमा शक्तिशाली एअर कुल्ड, फ्युल इन्जेक्टेड (एफआइ), १२५ सिसि ब्लु कोर इन्जिन रहेको छ ।

यस श्रृँखलाको यो हाइब्रिड मोडेलमा स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

साइलेन्ट स्टार्टरको रुपमा पनि चिनिने यो प्रणालीले सडकमा सवारी चलाउँदा उत्कृष्ट शक्ति बृद्धि गर्नुका साथै सवारीको माइलेज समेत बढाउने कम्पनीले जनाएको छ ।

रेजेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको, पुर्णरुपमा डिजिटल इन्स्टुमेन्ट क्लस्टर र एलइडि हेडल्याम्पले सुसज्जित छ ।

जसका कारण प्रशस्त उज्यालो हुँदा सवारीचालकलाई राइडिङ्ग गर्दा निक्कै सहज महसुस हुनेछ ।

यसमा युनिफाइड ब्रेकिङ्ग सिस्टम भएको हुनाले एकैपटक दुबै पाँग्रामा बे्रक लाग्ने हुँदा निक्कै सुरक्षित महसुस गर्न सकिन्छ ।

फुल ट्यांक पेट्रोल हालेर तौल लिँदा जम्मा ९९ किलोग्राम हुने यो स्कुटरको ग्राउण्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।

केहि समय जाममा रोकिनु पर्यो भने आँफै इन्जिन अफ हुने प्रविधि यसमा भएकाले इन्धन वचतको रुपमा उत्कृष्ट प्रविधि मान्न सकिन्छ ।

यसमा साइड स्ट्याण्ड इन्जिन कटअफ फँक्सन र २१ लिटरको बुटस्पेस रहेको छ ।

कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका सिइओ राजु क्षेत्री र महाप्रबन्धक दिपक रौनियारले सँयुक्त रुपमा उक्त स्कुटीको लञ्च गर्नुभएको हो । कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका कर्मचारी, डिलर, ग्राहक तथा सँचारकर्मीको उपस्थिति थियो ।

सिइओ क्षेत्रीले रेजेडआर १२५ हाइब्रिडको बारेमा उत्साह व्यक्त गर्दै भन्नुभयो, अल्टिमेट स्कुटर बाइकिङ्ग एरोक्सको सफल सुरुवात पछि नेपालको पहिलो हाइब्रिड स्कुटर रेजेडआर १२५ हाइब्रिड लञ्च गर्न पाउँदा गौरवान्वित भएका छौं । यसले शक्ति, शैली र सुरक्षाको सँयोजन गर्दछ ।

जसले गर्दा हाम्रा मुल्यवान ग्राहकहरुलाई अत्याधुनिक उत्पादनहरु उपलब्ध गराउने हाम्रो प्रतिवद्धतालाई अझ फराकिलो बनाउँदछ ।

कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका महाप्रबन्धक रौनियारले स्कुटरको समग्र प्राविधिक पक्षको बारेमा स्पष्ट पार्नुभएको थियो ।
रे जेडआर १२५ हाइब्रिडको शुरुवाती मोडेलको मुल्य २,७९,९०० रहेको छ ।

यसका चारवटा मोडेलहरुः स्ट्याण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *