श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमतीले जारी गरेको ‘सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८’ अनुसार विद्युतीय ट्याक्सीलाई साधाराण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा वर्गीकरण गरिएको छ ।
मापदण्डअनुसार २० वर्ष पुगेका काठमाडौं उपत्यकाभित्र चल्ने ट्याक्सीको सट्टा नयाँ ट्याक्सी किन्दा विद्युतीय नै किन्नुपर्ने अवस्था छ ।
सरकारले साधारण र डिलक्सका लागि छुट्टाछट्टै दरमा ट्याक्सी भाडा तय गर्ने भनिए पनि अहिलेसम्म फरक दर तय भएको छैन ।
नयाँ मापदण्डअनुसार २० वर्षअघि नै कसैले ट्याक्सीको सट्टा दर्ता गर्न चाहेमा कम्तीमा ट्याक्सीको उत्पादन अवधि १५ वर्ष पुगेको हुनुपर्छ ।
ट्याक्सीभित्र डिजिटल डिस्प्ले बोर्डसहितको मिटर जोड्नेपर्ने व्यवस्था मापदण्डले गरेको छ ।
प्रदेश सरकारले विशेष प्रकृतिका ट्याक्सीमा रुपमा सेडान कार र भ्यान दुबै प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।
अहिलेसम्म नेपालमा भ्यानलाई ट्याक्सीका रुपमा प्रयोग गर्ने अभ्यास छैन ।
मन्त्रालयले ‘ट्रान्समिसन’लाई अटोमेटिक हुनुपर्ने, बुट स्पेस (डिकी) साधाराण ट्याक्सीको लागि २०० लिटर र विशेषका लागि २५० लिटरमाथि हुनुपर्ने भनिएको छ ।
साधारण ट्याक्सीको मोटर क्षमता ३० किलोवाट र विशेष ट्याक्सीको ५० किलोवाट त्यसभन्दा माथि हुनुपर्ने व्यवस्था छ ।
साधारण ट्याक्सीका लागि २० किलोवाट आवर र विशेषका लागि ४० किलोवाट आवर सोभन्दा माथिको लिथिम आयोन ब्याट्री हुनुपर्ने भनिएको छ ।
ग्राउन्ड क्लेयरेन्स साधारणका लागि १७० एमएम र विशेषका लागि १७५ एमएम अनिवार्य गरिएको छ ।
साधारणमा ड्राइभर एयरब्याग र विशेष्मा डुअल एयरब्याग हुनुपर्ने मापदण्ड छ । साधारणमा जीपीएस सिस्टम आवश्यक भनिएपनि विशेषका लागि अनिवार्य गरिएको छ ।