धमाधम बिजुली ट्याक्सी बढ्दैं

काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्न थालेको छ ।

साना ठूला सवारीको कार्यालय, एकान्तकुनाका अनुसार अहिलेसम्म २७ वटा विद्युतीय ट्याक्सी दर्ता भएर सञ्चालनमा आइसकेका छन् ।

‘सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरु दर्ता हुने क्रम बढेको छ,’ कार्यालयका प्रमुख मदन पोखरेलले भने,‘अब उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जान्छ ।’

बागमती प्रदेशले प्रदेशभित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रुपमा विद्युतीय बनाउने गरी मापदण्ड ल्याएको छ ।

श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमतीले जारी गरेको ‘सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८’ अनुसार ट्याक्सी धनीहरुले विद्युतीय ट्याक्सी किन्न थालेका हुन् ।

मापदण्डअनुसार विद्युतीय ट्याक्सीलाई साधाराण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा वर्गीकरण गरिएको छ ।

मापदण्डअनुसार २० वर्ष पुगेका काठमाडौं उपत्यकाभित्र चल्ने ट्याक्सीको सट्टा नयाँ ट्याक्सी किन्दा विद्युतीय नै किन्नुपर्ने अवस्था छ ।

सरकारले साधारण र डिलक्सका लागि छुट्टाछट्टै दरमा ट्याक्सी भाडा तय गर्ने भनिए पनि अहिलेसम्म फरक दर तय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *