विशेष (डिलक्स) ट्याक्सी २७५ किलोमिटरको रेन्ज हुनुपर्ने

नयाँ मापदण्डअनुसार २० वर्षअघि नै कसैले ट्याक्सीको सट्टा दर्ता गर्न चाहेमा कम्तीमा ट्याक्सीको उत्पादन अवधि १५ वर्ष पुगेको हुनुपर्छ ।

ट्याक्सीभित्र डिजिटल डिस्प्ले बोर्डसहितको मिटर जोड्नेपर्ने व्यवस्था मापदण्डले गरेको छ ।

प्रदेश सरकारले विशेष प्रकृतिका ट्याक्सीमा रुपमा सेडान कार र भ्यान दुबै प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

साधारण ट्याक्सी कम्तीमा एक पटकको चार्जमा २१० किलोमिटर गुड्न सक्ने हुनुपर्ने र विशेषका लागि २७५ किलोमिटरको रेन्ज हुनुपर्ने तोकिएको छ ।

साधारण ट्याक्सीमा दुर्घटना हुँदा खुल्ने ‘एयरब्याग’ ड्राइभरका लागि मात्रै अनिवार्य गरिएको छ । धेरै भाडा खर्चिन नसक्ने यात्रुको सुरक्षा पक्षलाई ध्यान दिएर मापदण्ड बनाइएको छैन ।

विशेष (डिलक्स) ट्याक्सी भनिए पनि त्यसमा वाइफाइ, गाडीभित्रको हेड रुम, लेग रुमसहितको पर्याप्त स्पेसबारेको मापदण्ड, मोबाइल चार्ज गर्ने सुविधा, कप होल्डर, र विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल, टाउको अड्याउने हेड रेस्ट, पछाडिसम्म वातानुकूलित गर्ने गरी एसी, पछाडिको भागमा टच स्क्रिनसहितको डिस्प्ले मापदण्डले अनिवार्य गरेको छैन ।

मापदण्डअनुसार अहिले ट्याक्सी धनीले साधारण ट्याक्सीका रुपमा टाटाको एक्प्रेस टी ईभीलाई विद्युतीय ट्याक्सीका रुपमा दर्ता गरिरहेका छन् ।

अन्य कम्पनीहरु पनि विद्युतीय ट्याक्सी ल्याएर बजारमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *