टुँडिखेल टु धुलिखेल साइकल र्‍याली

साइकल  कल्चर मुभमेण्ट  नेपाल  तथा धुलिखेल  नगरपालिका समेतको  साझेदारीमा काठमाडौंस्थित  “टुँडिखेल  टु  धुलिखेल  साइकल र्‍याली”  सम्पन्न भएको छ ।

दोस्रो सडक  सुरक्षा सप्ताह  अन्तर्गत  २०८० जेठ ६ गते बिहान  नेपाल पर्यटन बोर्डको  परिसर  टुडिखेलबाट सुरु  भएको  साइकल र्याली  दिउसो  धुलिखेल बजार परिक्रमा  गर्दै नगरपालिका पुगेको हो ।

साइकल लेन निर्माण,  ऐन कानुनको परिमार्जन, आवश्यक बजेट  बिनियोजन तथा साइक्लिस्ट  सुरक्षा जस्ता बिषयको  उठान गर्ने हेतुले  आयोजित साइकल र्याली लाई  डा‍.  तारालाल श्रेष्ठ,  इ‍.  सुयोग खनाल , नासा नेपालका अध्यक्ष दशरथ रिसाल  लगायतले  सुभारम्भ  गर्नुभएको थियो । र्यालीमा लगभग ३०० साइक्लिस्टहरुको सहभागिता रहेको थियो ।

ग्लोबल एलाएन्स फर रोड सेफ्टी एनजिओ र अन्तर्राष्ट्रिय  अटोमोबाइल  फेडेरेशनको साथै  अन्तर्राष्ट्रिय मोटर साइक्लिङको समेत राष्ट्रिय संघ हो  नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) जसले बिगत १५  बर्ष देखि  नेपालमा मोटर, मोटर साइक्लिङ स्पोर्ट्स, अटोमोबाइल  मोबिलिटी तथा  टुरिजम  र सडक  सुरक्षाको क्षेत्रमा  क्रियाशील रहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *