टाटा टियागो ईभीले १०,००० युनिट बिक्री गरेको छ

टाटा मोटर्सले घोषणा गरेको छ कि यसको टियागो ईभीले आफ्नो डेलिभरी सुरु भएको चार महिनाभन्दा कम अवधिमा भारतमा १०,००० इकाई बिक्री गरेको छ।

यो कार भारतमा सबैभन्दा छिटो बुकिङ हुने EV पनि हो।

यसले २४ घण्टामा १०,००० बुकिङ प्राप्त गरेको थियो र डिसेम्बर २०२२ सम्ममा २०,००० बुकिङ प्राप्त गरेको थियो।

हाल, टाटा टियागो ईभी भारतमा दुईवटा ब्याट्री प्याक विकल्पका साथ उपलब्ध छ। भारतमा टियागोको मूल्य रु. ८.६९ लाखबाट सुरु हुन्छ।

सानो ब्याट्री प्याकले २५०km को रेन्ज प्रदान गर्दछ भने ठूलो ब्याट्री प्याकले फूल चार्जमा ३१५km को रेन्ज प्रदान गर्दछ।

एउटा प्रेस रिलिजमा, विद्युतीय ह्याचब्याकले ११.२ मिलियन किलोमिटर यात्रा गर्दै ४९१ सहरमा सफलतापूर्वक यात्रा गरेको र वातावरणमा १.६ मिलियन ग्राम कार्बनडाइअक्साइड उत्सर्जन रोकेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *