पुलमुनिको सडक धराप जस्तो

करिडोर क्षेत्रका सडक व्यवस्थित भएसँगै उपत्यकाका मुख्य चोकमा ट्राफिक जाम निकै घटेको छ । यस्ता सडकले यात्रुलाई पनि निकै राहत मिलेको छ ।

तर, करिडोरको परिकल्पना नै नगरी निर्माण गरिएका पुलमुनि सडक विस्तार गर्दा जोखिम बढेको छ ।

अधिकांश पुलमुनिका सडक निर्माणमा इन्जिनियरिङ त्रुटि छ । पुल निर्माण गर्दा त्यसमुनि करिडोर सडक पनि बन्न सक्छ भन्ने हेक्का नराख्दा ती सडक धराप थापे जस्ता भएका छन् ।

करिडोरको अन्य खण्डमा फराकिलो भए पनि पुलमुनिको उचाइ निकै कम हुँदा ठूला सवारीसाधन अड्किने गरेका छन् ।

करिडोर खण्डमा पहिलोपटक सवारीसाधन चलाउने चालकले कुन ठाउँमा फसिने हो, थाहा नै पाउँदैनन् । यो समस्या विषेश गरी विष्णुमती, बागमती र धोबीखोला करिडोरमा बढी छ ।

उपत्यकाका सबै खोला क्षेत्रका करिडोर खुलिसकेका छन् । तर, पुलमुनिको सडक साँघुरो र होचो हुँदा ठूला सवारीसाधन पास हुन सक्दैनन् ।

डिजाइन नै त्रुटि भएकाले पुलमुनिको सडक निकै साँघुरो र होचो भएको पूर्वाधारविद् सूर्यराज आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *