चीनको न्यू इनर्जी अटोमोबाइल कम्पनी होजोनले थाइल्यान्डमा विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गर्ने भएको छ। विद्युतीय कार प्लान्ट स्थापनाका लागि होजोनले थाइ सरकारसँग सम्झौता गरेको हो।
दक्षिणपूर्वी एसियाली बजारलाई लक्षित गरेर थाइल्यान्डमा विद्युतीय कार उत्पादन प्लान्ट खोल्न लागिएको होजोनले जनाएको छ। थाइल्यान्ड यो क्षेत्रको कार उत्पादन हबका रुपमा रहेको छ।
होजोनले थाइल्यान्डमा पहिलो चरणमा निटा भी कार उत्पादन गर्नेछ। २०२४ भित्र थाइल्यान्डमा बनेको निटा भी बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
होजोनले यही २०२४ भित्र निटा भी कार उत्पादन गर्ने गरि थाइ सरकारसँग सम्झौता गरेको सरकारका प्रवक्ता टिपानन सिरिचानले विज्ञप्तिमार्फत बताएको रोयटर्सले लेखेको छ।
गत वर्ष होजोनले थाइल्यान्डमा चीनमा निर्मित निटा भी सार्वजनिक गरेको थियो।
त्यस्तै होजोनको निटा यू र निटा एस मोडल अबको केही महिनामा थाइ बजारमा सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ।