नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा नयाँँ वर्ष २०८० को अवसर पारेर नव–वर्ष २०८० क्याम्पेन पनि लन्च गरेको छ ।
जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताहरुले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, रु. १० हजारसम्मको स्योर–शट क्यास डिस्काउन्ट र एक किलो चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
बजाजले सन् १९९८ देखि नेपालमा सेवा दिँदै आएको छ ।
बजारमा ८ लाख भन्दा बढी नेपाली ग्राहकहरुको मन जित्न सफल बजाजका बाइकहरु नेपालमै असेम्बल हुने गरेका छन् ।
नेपालकै सबैभन्दा ठुलो मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु असेम्बल गर्दै आएको हो ।