बजाज लिडर्स मिट–२०२३ सम्पन्न

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा “लिडरसीपको २५ वर्षः बजाज लिडर्स मिट–२०२३” मनाएको छ ।

बजाजले सन् १९९८ देखि नेपाली बजारमा सेवा दिँदै आएको छ ।

८ लाख भन्दा बढी नेपाली ग्राहकहरुको मन जित्न सफल बजाजका बाइकहरु नेपालमै असेम्बल हुने गरेका छन् ।

नेपालकै सबैभन्दा ठुलो मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु असेम्बल गर्दै आएको हो ।

विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनहरुको साथ नेपाली ग्राहकहरुको मन जित्दै नेपालीहरुको विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ ।

त्यस्तै बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधी र डिजाइन युक्त मोटरसाइकलहरु ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *