अमेरिकी अटोमोबाइल ब्रान्ड जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपालमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुला गरेको हो।
जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाई फोर’ क्षमता भएको एसयुभी हो, जसलाई एमएडब्लु लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ।
नेपालमा जिप मेरिडियनको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको छ।

यसैबीच, एमएडब्लु लाइफले आफ्नो काठमाडौं नक्सालस्थित सोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरिसकेको छ।
प्रिमियम फिचरले भरिएको मेरिडियनलाई टेस्ट ड्राइभ गर्न चाहनेले www.jeep.com.np मा लग इन गरी वा ९८०११४५५४५ मा फोन गरी टेस्ट ड्राइभ बुक गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) उपलब्ध हुनेछ। मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ हुनेछ, जसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बिएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ।
यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ।
मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभिटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’लगायतका फिचर छन् ।
साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’जस्ता फिचर छन्।
Post Views: 286