सजिलो रेन्टलले नेपालमै पहिलोपटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ ।
‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरुले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरुले सजिलै गाडी भाडामा दिन सक्छन् ।
सन् २०२१ को जनवरी महिनामा लन्च भएको यो एपले गाडी आवश्यक भएका ग्राहकलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरु सजिलो गरी उपलब्ध गराउँदै आएको छ ।
गाडी रिजर्भका लागि दुविधामा परेका मानिसहरुलाई लक्षित गरी यो सेवाको विकास गरिएको कम्पनीका संस्थापक दामोदार फुँयालले बताए ।
यात्राको क्रममा हुने जोखिम न्यूनीकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
ग्राहकले न्यूनतम चार घण्टादेखि एक महिना वा त्योभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन् ।
यस्तै सवारीधनीले सहज र सरल ढङ्गबाट आफ्नो आम्दानी बढाउन सक्नेछन् ।
पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ । कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउछन् ।
सञ्चालनमा आएको एक वर्षमा नै कम्पनीले नेपालभर करिब दुई हजार पाँच सय गाडीबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।
सजिलो रेन्टलले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगढी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा सेवा प्रदान गर्दै आइरहेको छ ।