फोटोनद्धारा भाटभटेनीलाई १४ वटा विद्युतीय पिकअप हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले भाटभटेनीलाई टीएम१ मोडलका विद्युतीय पिकअप हस्तान्तरण गरेको छ।

‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित कार्यक्रममा दुवै संस्थाले वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।

भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गरेको जनाएको छ। फोटोनका अनुसार टीएम१ विद्युतीय पिकअप वातावरणमैत्री प्रविधि, कम सञ्चालन खर्च र कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयुक्त विकल्प हो।

भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न योगदान पुग्ने एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले बताए।

‘भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा खुसी रहेको बरालले बताए । १४ वटा फोटोन टीएम१ विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण रहेको बरालले जानकारी गराए ।

त्यस्तै, भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए। फोटोनसँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने र अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहन गर्ने उनको भनाइ थियो।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना विस्तार हुँदै गएको छ। सञ्चालन खर्च घटाउन र वातावरणीय प्रभाव न्यूनीकरण गर्न विद्युतीय व्यावसायिक सवारीसाधन प्रभावकारी विकल्पका रूपमा अघि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *