रिबन इन्टरटेनमेन्टद्वारा आयोजित विवाहित महिलाहरू सहभागी हुने ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन् । ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि पार्दै उपाधि चुमेकी हुन् ।
‘मिसेस नेपाल वर्ल्ड २०२६’ प्रतियोगीताको छैटौँ संस्करण हो ।
पानीपोखरीस्थित तपाईंको बजारले उपलब्ध गराएको विद्युतीय स्कुटरको साँचो अटो नेपालका निर्देशक लायन रोशनकुमार श्रेष्ठले प्रदान गर्नुभएको थियो ।
विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विधाका विजेताहरू पनि चयन गरिएका छन् ।
जसमा शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल’ र क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’ को रिचा शर्मा ‘एमएस नेपाल इन्टरनेसनल’ घोषित भए ।
प्रतियोगितामा नेहा गुप्ता फस्र्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बने ।
रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल,
चर्चित अभिनेत्री रेखा थापा, वरिष्ठ गायक आनन्द कार्की, सिप्रदी ट्रेडिङका उपाध्यक्ष युवराज बुढाथोकी, अटो नेपालका निर्देशक लायन रोशनकुमार श्रेष्ठ, क्याष्ट्रोल लुब्रिकेन्ट्सका जिएम अमरज्योति रंजित र सन् २०२४ की विजेता डा. डेलिना कार्की, लगायतका व्यक्तित्वहरू रहेका थिए।