कोरियाली अटोमोबाइल उत्पादक हुन्हाईको नयाँ मिडसाइज एसयूभी सडक परीक्षणको क्रममा देखिएको छ । कम्पनीले भारतमा विभिन्न सडकमा परीक्षण गरिरहेका स्पाई तस्बिर बाहिरिएको हो ।
कम्पनीले आगामी फेस्टिभ सिजनमा लन्च गर्ने तयारी गरिरहेको यो एसयूभी हुन्डाईको ‘बायोन’ प्लेटफर्ममा आधारित छ । तर, यसको बाहिरी डिजाइन भने पूर्ण रूपमा फरक हुनेछ । हुन्डाईको यो मिडसाइज एसयूभी क्रेटाभन्दा मुनिको लाइनअपमा रहने छ । तर यसको लम्बाइ भने ४ मिटरभन्दा बढी नै हुनेछ।
पूरै ढाकेर परीक्षणमा भइरहेको यो नयाँ गाडीको समग्र डिजाइन परम्परागत बक्सी एसयूभीभन्दा फरक क्रसओभर जस्तो देखिन्छ। गाडीको अगाडिको भागमा छुट्टै राखिएको ‘स्प्लिट हेडलाइट’ र माथिल्लो भागमा पूरै चौडाइभरि फैलिएको एलईडी लाइट बार दिइएको छ । यसको मुख्य हेडलाइट नयाँ ‘भर्ना’ कारसँग मिल्दोझुल्दो । अगाडि दुई भागमा विभाजित एयर इन्टेक र बीचमा नम्बर प्लेट राख्ने ठाउँ छ।
साइडमा माथितिर उकालिएको झ्यालको लाइन सी पिलरमा विशेष मोड देख्न सकिन्छ । साथै यसमा साधारण डोर ह्याण्डल, छतमा रूफ रेल र आर्चह्वील दिइएको छ । पछाडिको भागमा अगाडिकै जस्तै पातलो एलईडी लाइट ब्याण्ड, आकर्षक रूफ स्पोइलर र पेटल स्टाइल डुअल टोन अलोय ह्वील प्रयोग गरिएको छ।
केही दिनअघि यस नयाँ एसयूभीको इन्टेरियरको पहिलो झलक बाहिरिएको थियो ।