नयाँ एसयूभी ‘टेक्टन’ को विश्वव्यापी निर्यात सुरु

निसानले भारतमा निर्मित आफ्नो नयाँ एसयूभी ‘टेक्टन’ को विश्वव्यापी निर्यात प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । सेप्टेम्बर १, २०२६ मा कम्पनीले दक्षिण अफ्रिका, भुटान र नेपालका लागि यो मोडलको पहिलो ब्याच पठाएको हो ।

टेक्टनमार्फत कम्पनीले मिडसाइज एसयूभी सेग्मेन्टमा पुनः बलियो उपस्थिति जनाउने अपेक्षा गरेको छ । गत जुलाईमा लन्च भएदेखि नै यस मोडलले कम्पनीको बिक्रीमा मुख्य भूमिका खेलिरहेको बताइएको छ ।

गत महिना निसानले भारतीय बजारमा ३ हजार २४६ युनिट टेक्टन बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४७ प्रतिशतको उल्लेख्य वृद्धि हो । यद्यपि, सोही अवधिमा कम्पनीको कुल निर्यात भने ७ हजार ७६९ युनिटबाट २३.७ प्रतिशतले घटेर ५ हजार ९२४ युनिटमा सीमित भएको छ ।

रेनो डस्टरको प्लेटफर्ममा आधारित यो एसयूभी भारतमा दुईवटा इन्जिन विकल्पमा उपलब्ध छ । यसमा १.० लिटर, ३–सिलिन्डर टर्बो–पेट्रोल इन्जिन र १.३ लिटर, ४ सिलिन्डर टर्बो–पेट्रोल इन्जिन विकल्प दिइएको छ । कारमा ६ स्पीड म्यानुअल गियरबक्स तथा ६ स्पीड डुअल–क्लच अटोमेटिक ९डीसीटी० विकल्प पनि उपलब्ध छ ।

नेपाली बजारमा हालै सम्पन्न नाइमा मोबिलिटी एक्सपोमा लन्च भएको टेक्टनको सुरुवाती मूल्य ५१ लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक्सपोमा यसले धेरै दर्शकको ध्यान खिचेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *