नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यु ब्रेजा’ सार्वजनिक गरेको छ।
नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो।
न्यु ब्रेजालाई एक वाक्यमा भन्नुपर्दा – त्यही भरपर्दो एसयूभी, तर अब धेरै कुरा थपिएर। नयाँ लुक , बलियो इन्जिन र सुरक्षाका नयाँ फिचरहरूले यसलाई सहरको भिडभाडमा सहज र खुला राजमार्गमा उत्तिकै भरपर्दो बनाएका छन्।
न्यू ब्रेजा भदौ ९ देखि १४ गते, २०८३ (२५–३० अगस्ट २०२६) सम्म चल्ने नाडा अटो शोको सुजुकी प्याभिलियन, स्टल A*2 मा प्रदर्शनमा रहनेछ।
दर्शकहरूले त्यहाँ न्यु ब्रेजा प्रत्यक्ष हेर्न, टेस्ट ड्राइभ बुक गर्न र सुजुकीका सबै मोडलका फिचर तथा सुविधाबारे सुजुकी टिमबाट जानकारी लिन सक्नेछन्।