पहिलोपटक टर्बो बुस्टरजेट इन्जिनमा नयाँ ब्रेजा

नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यु ब्रेजा’ सार्वजनिक गरेको छ।

नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो।

न्यु ब्रेजालाई एक वाक्यमा भन्नुपर्दा – त्यही भरपर्दो एसयूभी, तर अब धेरै कुरा थपिएर। नयाँ लुक , बलियो इन्जिन र सुरक्षाका नयाँ फिचरहरूले यसलाई सहरको भिडभाडमा  सहज र खुला राजमार्गमा उत्तिकै भरपर्दो बनाएका छन्।

न्यू ब्रेजा भदौ ९ देखि १४ गते, २०८३ (२५–३० अगस्ट २०२६) सम्म चल्ने नाडा अटो शोको सुजुकी प्याभिलियन, स्टल A*2 मा प्रदर्शनमा रहनेछ।

दर्शकहरूले त्यहाँ न्यु ब्रेजा प्रत्यक्ष हेर्न, टेस्ट ड्राइभ बुक गर्न र सुजुकीका सबै मोडलका फिचर तथा सुविधाबारे सुजुकी टिमबाट जानकारी लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *