नाडा अटो शोमा फराइजनको नयाँ ईभी भ्यान, १२ मिनेटमै २०–८०% चार्ज हुने

काठमाडौं । यात्रुवाहक तथा व्यावसायिक विद्युतीय सवारीको विकल्प विस्तार गर्दै फराइजनको नयाँ विद्युतीय भ्यान भी७ई नेपाली बजारमा सार्वजनिक भएको छ । नाडा अटो शो २०२६ मा नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले उक्त मोडल सार्वजनिक गरेको हो ।

१३ सिट क्षमताको भी७ईलाई नेपाली भ्यान बजारमा उपलब्ध मोडलमध्ये बढी फिचरयुक्त विद्युतीय भ्यानका रूपमा कम्पनीले प्रस्तुत गरेको छ । भ्यानमा ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जुन जिली र सीएटीएलको सहकार्यमा विकसित २सी अर्थात् तियानसिङ सिरिज प्रविधिमा आधारित रहेको कम्पनीको भनाइ छ ।

चार्जिङ क्षमताका हिसाबले पनि भी७ईलाई छिटो चार्ज हुने भ्यानका रूपमा अघि सारिएको छ । कम्पनीका अनुसार यसको ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म केवल १२ मिनेटमा चार्ज गर्न सकिन्छ । नयाँ ब्याट्री प्रविधिले लामो आयु, फास्ट चार्जिङ र राम्रो रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

भी७ई जीएक्सए–एम ईभी प्लेटफर्ममा निर्माण गरिएको हो । पूर्ण विद्युतीय प्लेटफर्ममा आधारित भएकाले नेपालको असमान तथा खाल्डाखुल्डी सडकमा समेत ब्याट्रीलाई सुरक्षित राख्न सहयोग पुग्ने कम्पनीले जनाएको छ । यात्रुवाहक तथा व्यावसायिक प्रयोजनका लागि सुरक्षा र आरामलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ ।

फिचरतर्फ भ्यानमा ३६० डिग्री क्यामेरा, अटो होल्ड, किलेस इन्ट्री तथा स्टार्ट, एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन् । चालक तथा यात्रुको सुविधा बढाउन १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरसमेत दिइएको छ ।

सुरक्षाका लागि फ्रन्ट डुअल एयरब्याग, रेन सेन्सिङ वाइपर, अटो हेडलाइट र हिल होल्ड कन्ट्रोललगायतका फिचर समावेश गरिएका छन् ।

नयाँ विद्युतीय भ्यानले यात्रुवाहक तथा व्यावसायिक प्रयोजनका लागि नेपाली बजारमा थप विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ । विशेषगरी बढी सिट क्षमता, छिटो चार्जिङ र आधुनिक सुविधा खोज्ने ग्राहकका लागि भी७ई उपयोगी विकल्प बन्न सक्ने देखिएको छ ।

नाडा अटो शोमा सार्वजनिक गरिएको फराइजन भी७ईले नेपाली विद्युतीय भ्यान बजारमा बढ्दो प्रतिस्पर्धाबीच नयाँ प्रविधि र फिचरका साथ आफ्नो उपस्थिति जनाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *