FEIDI का ट्रकहरुमा CATL को ब्याट्री प्रयोग

नेपालमा पछिल्लो समय इभीको बजार निकै नै विस्तार भएको छ। यो विषयमा व्यक्तिगत रुपमा भन्नुभन्दा पनि विभिन्न अन्तर्राष्ट्रिय तथ्यांकहरुले देखाइसकेका छन् ।

अन्तर्राष्ट्रिय तथ्यांकअनुसार नेपाल इभी सवारी साधन अनुकूलन गर्नेहरुमध्ये दोस्रो ठूलो देशको रुपमा देखिएको छ।

नेपालमा नयाँ उत्पादनलाई छिट्टै आत्मसात (अनुकूलन) गर्ने प्रचलन पनि बढी नै छ । हामी नेपालीहरु सवारी साधनको मूल्य जति नै महँगो अर्थात् सस्तो होस्, नयाँ प्रविधि र ब्रान्ड भनेपछि प्रयोग गरिहाल्ने स्वभावका छौं ।

त्यसैले अहिलेको समयमा नेपालमा समग्र इभी सवारी साधनको भविष्य अत्यन्तै प्रभावकारी, उज्यालो र विश्वसनीय देखिन्छ । नेपालमा इभी भ्यानसँगै इभी ट्रकहरुको पनि माग तीव्र रुपमा बढदै गएको छ।

अहिले भर्खरै मात्र हामीले बजारमा १० वटा ट्रकको सफल डेलिभरी गरिसकेका छौं र अरु थप ट्रकहरुको माग पनि लगातार बढिरहेको छ।

ग्राहकहरुको उच्च मागका कारण कसलाई पहिले गाडी दिने भन्ने निर्णय गर्न समेत हामीलाई गाह्रो भइरहेको छ।

अहिले नेपाली व्यवसायी तथा चालकहरूमा एक किसिमको नयाँ उत्साह छ । डिजेल ट्रकहरु मात्र कति चलाउने, नयाँ प्रविधिको इभी ट्रक प्रयोग गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी र चाहना बढिरहेको देखिन्छ।

त्यसैले विद्युतीय भ्यान मात्र नभएर नेपालमा विद्युतीय ट्रकको पनि ठूलो आवश्यकता महसुस गरी हामीले यसको आयातलाई विशेष प्राथमिकता दिएका हौं।

त्योभन्दा पनि मुख्य कुरा, हाम्रा ट्रकहरु नेपालको भूगोल र बाटो सुहाउँदा छन्।

नेपालको जस्तोसुकै कठिन ठाउँ र सडकमा पनि यी ट्रकहरु सजिलैसँग जान सक्ने क्षमताका छन्। यही प्राविधिक सबलता र भरोसाका कारण हामी इभी ट्रकको क्षेत्रमा नेपालकै ‘नम्बर वान बन्ने स्पष्ट लक्ष्यका साथ अगाडि बढेका छौं।

चाइनाको ठूलो कम्पनी उझाङ ग्रुप अफ कम्पनी अन्तर्गतको फेदी मोटर कम्पनीबाट हामीले ट्रक, माइक्रोट्रक र टिपरजस्ता विभिन्न मोडेलहरु नेपाली बजारमा ल्याएका छौं र थप मोडेलहरु पनि ल्याउने तयारी गरेका छौं।

यसबाहेक आउँदो वर्ष हामीले विभिन्न रेन्ज तथा भेरियन्टका ट्रकका मोडेलहरु पनि भित्र्याउने योजना बनाएका छौं।

अहिले बजारमा हामीसँग १०.१९५ टन र १७.२ टन GVW का ट्रक मोडेलहरु उपलब्ध छन्।

आउँदो वर्ष हामी योभन्दा साना आकारका ट्रकहरु पनि ल्याउँदै छौं। त्यसपछि हामीसँग सामान ढुवानी  गर्ने ट्रकहरुको पूर्ण सेग्मेन्ट नै उपलब्ध हुनेछ।

अहिले हामीसँग १०.१९५ टन GVW क्षमताको ट्रक छ। यो ट्रक १६ फिट लामो डाला र २० फिट लामो डाला गरी दुईवटा विकल्पमा उपलब्ध छ, जसको मूल्य क्रमशः ८० लाख र ८२ लाख रूपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, १०.१९५ टन GVW कै चिलर (रेफ्रिजेरेटेड) गाडी पनि उपलब्ध छ, जसको मूल्य ९५ लाख रूपैयाँ तोकिएको छ। यो चिलर गाडीमध्ये २ वटा गाडी अहिले नेपालका सडकमा गुडिरहेका छन् र ग्राहकहरुवाट एकदमै राम्रो प्रतिक्रिया आएको छ ।

Santos Prasai, CEO – Evergreen General Trading P. Ltd.

तर मैले व्यक्तिगत रुपमा नेपाल राष्ट्र बैकका उच्च अधिकारी र प्रतिनिधिहरूसँग कुरा गर्दा उहाँहरुले, नेपालमा इभी ट्रक पनि यति ठूलो साइज र क्षमताका आइसकेका छन् र ? यो त हामीलाई थाहा नै थिएन, हामी यस विषयमा पक्कै विचार गछौं भन्नुभएको छ।

त्यसैले आशा गरौं, आगामी दिनमा इभी ट्रकका लागि पनि बैंक लोनमा केही विशेष सुविधा पाइनेछ ।

यदि राष्ट्र बैंकले यसलाई सम्बोधन गरेर ठूला विद्युतीय सवारी साधनसरह मान्यता दिएमा लोनको रेसियो बढेर ६० देखि ८० प्रतिशतसम्म पुग्न सक्छ, जसले गर्दा व्यवसायीहरलाई डाउनपेमेन्ट गर्न धेरै सहज हुनेछ।

यी फेदी ब्रान्डका ट्रकहरु चिनियाँ बजारमा विशेष गरी कृषि तथा औद्योगिक ढुवानीका लागि एकदमै चर्चित र स्थापित ब्रान्ड हुन् ।

यसले हिलो, मैलो, धूलो र कच्ची सडकमा पनि एकदमै राम्रो र भरपर्दो काम गर्न सक्छ। नेपालको भूगोल र बाटोका लागि पनि यस्तै प्रकारको बलियो ट्रक उपयुक्त हुन्छ भन्ने लागेर हामीले यसलाई नेपाली बजारमा भित्र्याएका हौं।

यसको मुख्य प्राविधिक विशेषता भनेकै यसमा विश्वकै नम्बर वान ब्याट्री निर्माता कम्पनी सीएटीएल (CATL) को ब्याट्री प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *