सम्पूर्ण ग्राहकहरू पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ – सन्तोष प्रसाईं,

सन्तोष प्रसाई एक कुशल व्यावसायिक मेकानिकल इन्जिनियर हुनुहुन्छ। साथै विगत २२ वर्षदेखि विभिन्न व्यवसायमा आबद्ध हुनुहुन्छ।

सन् २०१९ बाट अटो व्यवसायमा पनि संलग्न हुनुभएका प्रसाई पछिल्लो समय निरन्तर अटो व्यवसायमा आबद्ध हुनुहुन्छ।

हाल एभरग्रिन General Trading प्रालिको CEO को रूपमा कार्यरत प्रसाईं अटो सर्भिसबारे धेरै अनुभवी हुनुहुन्छ। प्रस्तुत छ, अटो व्यवसायबारे उहाँसँग गरिएको संक्षिप्त कुराकानी:

हाम्रो व्यावसायिक यात्रा करिव २२ वर्षदेखि कृषि उद्योगसँग आधारित भएर सुरू भएको थियो।

पछि पारिवारिक व्यवसायमा जोडिंदै जाने कममा विभिन्न पानी फयाक्ट्री, पानी प्याकेजिड फिल्टरिड मेसिन सप्लाई तथा विभिन्न किसिमका प्याकेजिड मेसिन सप्लाई गर्द अहिले फिल्टर फ्याक्ट्री र डेरी फयाक्ट्री व्यवसाय पनि गर्द आएका छाँ ।

नेपालमा पहिलो पटक एभरग्रिनको चिम्नी र सोलार हिटर व्यवसाय हामीले नै सुरू गरेका थियाँ।

विगत केही वर्षदेखि हामी अटो व्यवसायमा पनि संलग्न छौं।

सन् २०१९ मा नेपालको पहिलो बिवाइडी (BYD) गाडीको प्रदेशस्तरीय डिलरसिप हामीले नै लिएका थियाँ। पछि सन् २०२१ देखि आफै गाडी ल्याउनुपर्छ भन्ने सोचका साथ यही ट्रक तथा प्यासेन्जर भ्यानको प्रोजेक्टलाई लिएर हाम्रो टिम अधि बढ्यो।

अहिले अन्य व्यवसायहरुका साथसाथै व्यावसायिक रुपमा नै निरन्तर अटो व्यवसायलाई पनि अगाडि बढाएका छौं।

म इन्जिनियरिडको विद्यार्थी भएको नाताले हेर्दा मैले अटो प्रोडक्टहरु, फलाम र मेसिनरीबारे रामरी बुझ्ने अवसर पाएको थिएँ।

मैले नेपालमा राम्रै गाडी ल्याउनुपर्छ भन्ने लागेर चाइनाका धेरै बजार र कम्पनीहरुमा गहिरो अनुसन्धान गरी कुन कम्पनीले नेपालको माटो र बाटो सुहाउँदो गाडी बनाउन र दिन सक्छ भन्ने हिसाबले खोजी गरी अटो व्यवसायलाई अगाडि बढाएँ।

त्यसबेला हाम्रो चाइनाको ठूलो अटोमोबाइल कम्पनी उझाङ ग्रुप अफ कम्पनी (Wuzheng Group) सँग भेट भयो ।

अहिले त्यसै कम्पनी अन्तर्गतको फेदी मोटर्स (Feidi Motors) कम्पनीबाट ‘फेदी (Feidi) ब्रान्डका ट्रक, माइक्रोट्रक र टिपरजस्ता विभिन्न सवारी साधनका मोडेलहरु नेपाली बजारमा ल्याएका छौं।

साथै, चाइनाको प्रदेश सरकारको लगानीमा स्थापित त्यहाँको एक ठूलो कम्पनी वुलिड अटोमोबाइल (Wuling Automobile) ब्रान्डका अत्यन्तै आरामदायी तथा सुरक्षित १२ देखि १६ सिटसम्मका माइक्रो भ्यानहरु पनि बजारमा ल्याई बिक्री वितरण गरिरहेका छाँ।

नेपाली बजारमा इभी भ्यानसँगै इभी ट्रकहरुको पनि माग तीव्र रुपमा बढदै गएको छ। अहिले भर्खरै मात्र हामीले बजारमा १० वटा ट्रकको सफल डेलिभरी गरिसकेका छौं र अरु थप ट्रकहरुको माग पनि लगातार बढिरहेको छ।

ग्राहकहरुको उच्च मागका कारण कसलाई पहिले गाडी दिने भन्ने निर्णय गर्न समेत हामीलाई गाह्रो भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *