आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी भएको जनाइएको छ ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गरिनेछ । बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ । मन्त्रालयबाट सहमति प्राप्त भए पश्चात पहिलो चरणमा साउन १ गतेदेखि बस सेवा सञ्चालन गरिने बताइएको छ ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिने छ । चक्रपथ ९रिङरोड० क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछन् । जसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एण्टिक्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक चरणमा चक्रपथसहित तीन रटमा ब्लू बस संचालन गर्ने तयारी छ । लगनखेल–बुढानीलकण्ठ र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा २र२ वट बस संचालन गरिने छ । त्यस्तै, चक्रपथ क्षेत्रमा चार वटा बस संचालन गरिनेछन् । जसमध्ये दुई वटा ‘क्लकवाइज’ र दुई वटा ‘एण्टिक्लकवाइज’ दिशामा संचालन हुने मन्त्रालयले जानकारी गराएको छ ।