रेनोले ह्याचब्याक क्वीड छिटै सार्वजनिक गर्ने

रेनोले आफ्नो लोकप्रिय ह्याचब्याक क्वीडको फेसलिफ्ट मोडल आगामी जुलाई ३मा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले नयाँ मोडलबारे आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन । तर, बाहिर आएका स्पाइ तस्बिरहरूले यसको बाहिरी डिजाइन र इन्टेरियरमा थुप्रै परिवर्तन भएको संकेत दिएको छ।

फ्रेन्च निर्माता रेनोले आफ्नो डासिया स्प्रिङ ईभीबाट प्रेरित डिजाइनमा नयाँ क्वीड ल्याउन लागेको संकेत गरेके छ । यसको अगाडि वाई आकारको एलईडी डे टाइम रनिङ लाइट प्रयोग गरेको देखिन्छ । पछाडि पनि सोही डिजाइनका टेललाइटहरु राखिएका छन् । मुख्य हेडल्याम्प भने पहिलेकै जस्तो देखिन्छ ।

कम्पनीले अगाडिको र पछाडिको बम्पर पनि नयाँ डिजाइनको दिएको छ । एलोय ह्विल पनि विल्कुलै नयाँ डिजाइनमा आउने अनुमान गरिएको छ ।

इन्टेरियरतर्फ क्वीड फेसलिफ्टमा नयाँ ड्यासबोर्ड लेआउट रहनेछ । स्पाइ तस्बिरमा देखिए अनुसार १० इन्चको ठूलो इन्फोटेन्मेन्ट टचस्क्रिन रहनुका साथै नयाँ डिजाइनको स्टेयरिङ ह्विल र परिमार्जित इन्स्ट्रुमेन्ट क्लस्टरले क्याविनलाई अलगै बनाएको छ ।

सुरक्षा फिचर पनि बलियो बनाउँदै ६ वटा एयरब्याग दिने छ । इन्जिनमा भने पहिलेकै १.० लिटर, ३ सिलिन्डर, नेचुरली एस्पिरेटेड प्रयोग भएको छ । उक्त इन्जिनले ६८ पीएस शक्ति उत्पादन गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *