हलुका सवारी साधन, मोटरसाइकल तथा स्कुटर आयात गर्ने आयातकर्ताहरूका लागि नयाँ निर्देशिकाले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) मा कडा नियम अघि सारेको छ।
धेरैजसो नयाँ ब्रान्डका गाडी किनेपछि पार्टपुर्जा नपाएर ग्राहकहरू समस्यामा पर्ने गरेका गुनासा बढेपछि यो कदम चालिएको हो।
नयाँ व्यवस्था अनुसार अब जुनसुकै हलुका सवारी साधन वा दुईपाङ्ग्रे साधन आयात गर्ने कम्पनीले नेपालमा गाडी भित्र्याउँदा कम्तीमा ५ वर्षसम्मलाई पुग्ने आवश्यक पाटपुर्जाहरूको मौज्दात (स्टक) अनिवार्य रूपमा राख्नुपर्नेछ।
पाटपुर्जा र मर्मतको सुनिश्चितता नगर्ने कम्पनीहरूले नेपालमा गाडी बिक्री वितरणको अनुमति पाउने छैनन्।