विद्युतीय गाडीको ब्याट्री नियमन

नेपालमा विद्युतीय सवारी साधन (EV) को प्रयोग तीव्र रूपमा बढिरहँदा निर्देशिकाले यिनको ब्याट्री क्षमता र गुड्ने दुरी (माइलेज) को नियमनका लागि स्पष्ट मापदण्डहरू तय गरेको छ।

यसले उपभोक्तालाई ठगिनबाट जोगाउने र गाडीको वास्तविक क्षमता बाहिर ल्याउनेछ।

मस्यौदाअनुसार, साना विद्युतीय सवारी (स्कुटर र मोटरसाइकल) का लागि ब्याट्री क्षमता १० देखि ३० किलोवाट घण्टा (kWh), सेडान कारका लागि ४० देखि १०० किलोवाट घण्टा र ठूला बसहरूका लागि २०० देखि ४०० किलोवाट घण्टा हुनुपर्नेछ।

यसका साथै गाडीले एक पटकको पूरा चार्जमा कति दुरी गुड्छ भनी पत्ता लगाउन निश्चित रुटमा ‘माइलेज परीक्षण’ गरी प्रमाणित गराउनु पर्ने व्यवस्था अनिवार्य गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *